रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

May 13, 2025 02:13 PM Merolagani



रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २७.१८ प्रतिशत बढेको छ भने कुल आम्दानी २७.१३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३३.१६ प्रतिशत र कुल खर्च २६.५३ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ६३ पैसा बढेर १३ रुपैयाँ ३८ पैसा पुगेको छ। चैत अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३९.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ९७ पैसा रहेको छ।

४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ अर्ब ७५ करोड रुपैयाँ, महाविपत्ती कोषमा २० करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५३ लाख रुपैयाँ रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।