हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो।