झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत

Nov 14, 2025 12:36 PM Merolagani



कात्तिक २८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जी लिमिटेड (JHAPA) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई (JHAPA) स्टक टिकर प्रदान गरेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।