सुन र चाँदी दुबैको मूल्य बढ्यो

Nov 30, 2025 11:04 AM Merolagani



मंसिर १४ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, गत शुक्रबार तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।