पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

Dec 01, 2025 11:55 AM merolagani



पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आईतवारदेखि ५ हजार ५ सय ८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ ।

पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त तियानजिङ तालसम्म १७ मिनेटमा यात्रा गर्न सक्छन् । केबलवे केवल सवारी मात्र नभइ यो बहुउद्देश्यीय लिङ्क हो । जसले दर्शनीय स्थलहरू, सार्वजनिक यातायात र आपतकालीन उद्धार सेवाहरू प्रदान गर्दछ ।