सातामा करिब साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 03, 2026 06:19 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३६ प्रतिशत अर्थात ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।.

यस साता सेन्सेटिभ इण्डेक्स ५.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ६७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३७.१२ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २८.९७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.४५ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। गत साता ८२८६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५६.१४ अंक बढेर ८५४२.८० विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.८० प्रतिशत बढेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.६७ प्रतिशत घटेको छ। गत साता ३७८३.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५.३६ अंक घटेर ३७५८.०२ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

नेप्सेमा यस साता २ कम्पनीको ६७ लाख ६ हजार ८०३.६२ कित्ता शेयर सूचीकृत भएको छ। यस साता मुक्तिनाथ कृषि कम्पनी र हिमालयन डिष्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक २९.५७ प्रतिशत बढेको छ। गत साता ८१५ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार ५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ। यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १९.८१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सिटिजन्स बैंक इन्टरनेशनल, सर्वोत्तम सिमेन्ट, एनएमबि फिफ्टी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने ग्रिन भेन्चर्स, मिथिला लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।