घट्यो पेट्रोलियम पदार्थको मूल्य

Jan 16, 2026 06:42 AM Merolagani



नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य आजदेखि लागू भएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङ्ग क्षेत्रमा यस्ता पदार्थहरुको मूल्य क्रमशः १५५ रुपैयाँ र १३५ रुपैयाँ निर्धारण गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा १५३ रुपैयाँ ५० पैसा र १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।