प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Jan 21, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४२.२६ अंक बढेर २७१४.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंक बढेर २७१७.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ७५ स्टकको २०६ पटकको कारोबारमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ ५० पैसाबराबरको २ लाख ७ हजार ८९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।