इरान अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गर्दैछः ट्रम्प

Feb 02, 2026 11:26 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताएका छन् । एयर फोर्स वानमा पत्रकारहरूले इरानका बारेमा अन्तिम निर्णय लिइसकेकाे हो भनी सोधेको प्रश्नमा ट्रम्पले निश्चित रूपमा त्यो भन्न नसक्ने तर अमेरिकाका धेरै ठूला र शक्तिशाली जहाजहरू त्यस दिशामा अघि बढिरहेको जवाफ दिए ।

अमेरिका परमाणु हतियार बिनाको एक सन्तोषजनक सम्झौता गर्न तयार रहेको बताए । इरानसँग वार्ता गरिरहँदा संयुक्त राज्य अमेरिकाले आफ्ना खाडी सहयोगीहरूसँग सैन्य योजनाहरू साझा गर्न नसक्ने बताए । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले शुक्रवार तेहरानले विवाद समाधानका लागि निरन्तर संलग्नता र संवादको खोजी गरिरहेको र युद्ध नचाहेको बताएका थिए । उनले इरानको दृष्टिकोण मर्यादामा आधारित कूटनीति, अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्रको संलग्नता, आपसी सम्मान र धम्की वा जबरजस्तीबाट टाढा रहने कुरामा आधारित रहेको बताए ।

C7#

संयुक्त राज्य अमेरिकाले इरानसँगको सम्झौतामा युरेनियम संवर्द्धनमा प्रतिवन्ध, पहिले नै संवर्द्धन गरिएको युरेनियम हटाउने, लामो दूरीका क्षेप्यास्त्रहरूमा सीमा तोक्ने र क्षेत्रीय प्रोक्सीहरूलाई दिइने समर्थन फिर्ता लिनुपर्ने शर्तहरू राखेको छ । जुन सबै शर्तहरू तेहरानले अस्वीकार गरेको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।