ट्रम्पद्वारा बजेट प्याकेजमा हस्ताक्षर, आंशिक सरकारी शटडाउन अन्त्य

Feb 04, 2026 11:27 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार एक वृहत बजेट प्याकेजमा हस्ताक्षर गरेका छन् । जसले शनिवारदेखि शुरु भएको आंशिक सरकारी शटडाउनलाई अन्त्य गरिदिएको छ ।

शुक्रवार सिनेटबाट स्वीकृत भएपछि मंगलबार दिउँसो यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट झिनो मतले पारित भएको थियो । यो पछिल्लो प्याकेजले आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक वर्षको बाँकी अवधिका लागि धेरै अमेरिकी संघीय निकायहरूलाई बजेट उपलब्ध गराउनेछ ।

यी निकायहरूमा रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय, र आवास तथा सहरी विकास मन्त्रालय समावेश छन् । शुरुमा वृहत बजेट प्याकेजमा समावेश गरिएको गृह सुरक्षा मन्त्रालय (डीएचएस) को बजेट भने हटाइएको छ । यसको सट्टा उक्त मन्त्रालयलाई हालको बजेट स्तरमा दुई हप्ताको निरन्तर प्रस्ताव (कन्टिन्युइङ रिजोलुसन) दिइनेछ । जसले दुवै पक्ष र ह्वाइट हाउसलाई आप्रवासन प्रवर्तनमा वार्ता जारी राख्न समय दिनेछ ।

मिनियापोलिस राज्यमा संघीय सुरक्षाकर्मीहरूद्वारा गरिएका हालैका दुई घातक गोलीकाण्डले डेमोक्र्याटहरूलाई आप्रवासन निकायहरूको सञ्चालन विधिमा परिवर्तन खोज्न प्रेरित गरेको छ । सिनेटका अल्पसंख्यक नेता चक शुमरले अध्यागमन र भन्सार प्रवर्तन (आईस) लाई कानूनी रूपमा उचित नियन्त्रण र सुधार नगरेसम्म डीएचएस बजेट विधेयक सिनेटबाट पारित हुन आवश्यक मत प्राप्त नहुने बताएका छन्। हालका वर्षहरूमा, रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बीचको राजनीतिक ध्रुवीकरण तिब्र हुँदै जाँदा अमेरिकी संघीय सरकार पटक–पटक शटडाउन वा शटडाउनको संघारमा पुग्ने संकटमा फसेको छ । ४३ दिनसम्म चलेको कीर्तिमानी संघीय सरकारको शटडाउन दुई महिना भन्दा बढी समयअघि मात्र अन्त्य भएको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।