त्यसको केही समयपछि कम्तीमा नौ वटा मध्यपूर्वी देशहरूको पहलपछि वासिङ्टन शुक्रवार ओमानमा वार्ता गर्न सहमत भएको भनी धेरै पश्चिमी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । स्थान र वार्ताको ढाँचामा दुई पक्षबीचको असहमतिले गर्दा वार्ता रद्ध हुनसक्ने भन्ने अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टपछि यो घोषणा आएको हो । यसअघि दुवै पक्ष टर्कीको इस्तानबुलमा शुक्रवार भेट्न र केही अन्य मध्यपूर्वी देशहरूलाई पर्यवेक्षकका रूपमा सहभागी गराउन सहमत भएका थिए ।
मंगलवार ईरानले वार्तालाई ओमानमा सार्न र आणविक मुद्दाहरूमा मात्र केन्द्रित द्विपक्षीय ढाँचामा आयोजना गर्न प्रश्ताव गरेको थियो । बुधवार अघि अमेरिकी सञ्चारमाध्यम एक्सियोसले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टनले ईरानको माग अस्वीकार गर्ने निर्णय गरेको रिपोर्ट गरेको थियो । वार्ताको तयारी भइरहँदा पनि तेहरान र वासिङ्टनबीचको तनाव कम हुने कुनै संकेत देखिएको छैन ।
मंगलवार अमेरिकी सेनाले अरेबियन सागरमा आत्मरक्षाका लागि इरानी ड्रोन खसालेको बताएको छ भने ईरानले उक्त ड्रोनले अन्तर्राष्ट्रिय पानीमा निगरानी मिसन पूरा गरेको दाबी गरेको छ । ईरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सले नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक गर्दै आफ्नो सैन्य सिद्धान्त रक्षात्मकबाट आक्रामक बनाएको र शत्रुको कुनै पनि कदमका लागि तयार रहेको बताएको छ । यसैबीच डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेतालाई चेतावनी दिँदै वासिङ्टनले मध्यपूर्वमा आफ्नो सैन्य बल बढाइरहेको जानकारी दिएका छन् ।