चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ९.१८ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ।
७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ।
