एशियन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Feb 06, 2026 09:36 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ७.७२ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ७.३४ प्रतिशत बढेको छ भने कुल खर्च ८.४० प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ।

५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।