अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

Feb 06, 2026 03:06 PM Merolagani



ललितपुर, कञ्चनपुर, मकवानपुर, मोरङ र सुर्खेतका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध प्रहरीले वरामद गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २६ वर्षीय मनिष बोलखे समेत ६ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट र ट्रामाडोल २२ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले मनिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ स्थित प्रतिक्षालयबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ रौलेश्वर टोल बस्ने २० वर्षीय चन्द्र खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ जरूवाटोल डेरा गरी बस्ने पर्सा धोबिनी गाउँपालिका-४ घर भएका १९ वर्षीय विजय सहनी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६२ ट्याब्लेट र डिकोलिक २ सय ३७ ट्याब्लेट सहित उर्लाबारी नगरपालिका-६ बस्ने १९ वर्षीय बिष्णु पौदारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरि सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीया ललिता सिंहलाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।