राप्रपाको माग-दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर

Feb 06, 2026 03:02 PM Merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमार्फत प्रसाईंलाई रिहा गर्न माग गरेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई दुःख दिने नियतबाट पटक पटक पक्राउ गर्नु आश्चर्यको विषय हो,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईंलाई बिना सर्त रिहा गरियोस् ।’

प्रसाईंलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।