स्पेशल प्रि ओपन सेसनमा होटल फरेस्ट इनको कतिमा भयो पहिलो कारोबार?

Mar 12, 2026 10:46 AM Merolagani



फागुन २८ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा होटल फरेस्ट इनको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर १०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात फागुन २७ गते, नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको २ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ६५ पैसा देखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको स्टक टिकर एचएफआईएन रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।