अब मेरोलगानीको एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्न पाइने

Mar 30, 2026 06:29 AM Merolagani



अब मेरोलगानी को एआई चार्ट र डाटा एनालाइटिक्स निःशुल्क प्रयोग गर्न पाइने भएको छ। चैत १६ गतेदेखि १८ गतेसम्म लगइन गर्ने ग्राहकहरुले तीन दिनका लागी यी दुई प्रडक्टहरु निः शुल्क प्रयोग गर्न पाउने भएका हुन्।

 

यस सुविधा प्रयोग गर्नका लागि ग्राहकले मेरोलगानी डटकममा लगइन गरी सर्भिसेजमा क्लिक गर्नुपर्नेछ। त्यसपछि मेरोलगानी एआई चार्ट प्रयोग गर्न मेरोलगानी एआई चार्टमा भएको ‘बाई नाउ’ बटनमा क्लिक गर्ने र डाटा एनाआईटिक्स प्रयोग गर्न सोही अन्तर्गतको ‘बाई नाउ’ बटनमा क्लिक गर्नु पर्नेछ। सोपश्चात स्क्रिनमा देखिने ‘फ्रि जोइन’ बटनमा क्लिक गरी ती प्रडक्टहरु निःशुल्क प्रयोग गर्न सकिनेछ। चैत १६ गते, सोमबार बिहान १० बजेदेखि चैत १८ गते, बुधबार साँझ ५ बजेसम्ममा लगइन गर्ने प्रयोगकर्ताले ती प्रडक्टहरु लगइन गरेको ७२ घण्टासम्मका लागि निःशुल्क प्रयोग गर्न सक्नेछन्।

सो अवधिभित्र प्रयोगकर्ताले मेरोलगानीका प्रडक्टहरु प्रयोग गरी शेयर बजार बारेमा जानकारी र विश्लेषण गर्न सक्नेछन्। मेरोलगानी एआई चार्टमा प्रयोगकर्ताहरुले कुनै स्टक वा सेक्टरहरुको एआईले गरेको मैनबत्ती विश्लेषण, सपोर्ट/रेसिस्टेन्स, भोल्यूम, एमएसिडी, स्टकास्टिक आरएसआई, हालको रणनीति, बाई सिग्नल जस्ता विश्लेषणहरु हेर्न सक्नेछन्।

त्यस्तै, डाटा एनालाइटिक्समार्फत प्रयोगकर्ताले नेप्सेको उतारचढावमा कम्पनीहरुको योगदान, हिट म्याप, सिजनालिटी चार्ट, सूचीकृत कम्पनीहरुको वित्तीय विश्लेषण, प्राविधिक विश्लेषण, फ्लोरसिट विश्लेषण, म्युचुअल फण्ड ट्रयाकर लगायतका सुविधाहरु प्रयोग गर्न सक्नेछन्।

लगइन गरेको ४८ घण्टापछि प्रयोगकर्तालाई एक नोटिफिकेसनमार्फत २४ घण्टा समयावधि बाँकी भएको सूचना प्राप्त हुनेछ।

यसका साथै मेरोलगानीले डाटा एनालाईटिक्समा नयाँ फिचर सेक्टर सिफ्ट प्रडक्ट पनि सोही दिन सार्वजनिक गर्दैछ। प्रयोगकर्ताले यस फिचरमार्फत बजारमा कुन कुन सेक्टर अथवा स्टकमा पैसा प्रवाह भइरहेको छ भन्ने जानकारी पाउन सक्नेछन् जुन लगानीको रणनीति बनाउन सहयोगी हुनेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।