दिपक भट्टसँग कुनै कारोबार नभएको नेपाल लाइफ इन्स्योरेन्सको दाबी

Apr 03, 2026 08:50 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको दाबी गरेको छ।

केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने प्रकाशित समाचारहरु गलत भएको इन्स्योरेन्सले बताएको छ।

इन्स्योरेन्सले सो अनुसार कुनै कारोबार नभएको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको बताएको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।