सातामा साढे ५ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 04, 2026 06:27 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ। गत साता २९५०.१६ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अंक बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २९.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १२.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९८ अंक घटेको छ।

नेप्से घटेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १६ अर्ब ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १२ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.२० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २७.३६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ६.३७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ७९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०२ प्रतिशत बढेको छ। गत साता १० हजार ५२७.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २१२.३२ अंक बढेर १० हजार ७४० विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.१५ घटेको छ। गत साता २४१६.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४५.३६ अंक घटेर २१७१.०६ विन्दुमा झरेको हो। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ७१०.६० अंक घटेको छ।

यस साता ११ कम्पनीको ७ करोड ७५ लाख ४७ हजार ४३.८६ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भएको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, युनिभर्सल पावर कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, सांग्रीला डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, महुली लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता २ हजार १३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ३ हजार २४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य ६१ प्रतिशत बढेको छ भने भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य करिब ६१ प्रतिशत बढेको छ। यस साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक १५.६० प्रतिशत घटेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब साढे १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मिड सोलु हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।