गत साता साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Apr 05, 2026 06:30 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको थियो। अघिल्लो साता २९५०.१६ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अंक बढेर २७८२.१८ विन्दुमा बन्द भएको हो।

सो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

बिक्रीकर्ता हाबी

अघिल्लो साता नेप्से परिसूचक बढेर २९६० विन्दुमा पुगेपछि यस साताको सुरुवात देखि नै लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको देखिन्छ। जसले गर्दा साताका पहिलो दुई कारोबार दिन नेप्से उच्च अंक घटेको थियो। त्यस्तै, गत बुधबार पनि नेप्सेले लामो रातो मैनबत्ती बनाएको थियो भने साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले गत साता नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

प्रतिरोध क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर सो साताको टेवा क्षेत्र अर्थात २८०० देखि २८६० को क्षेत्रभन्दा तल बन्द भएको छ। यस अनुसार, हाल सो क्षेत्र नेप्सेको लागि प्रतिरोध क्षेत्र बनेको छ। आगामी दिनमा नेप्सेले पुनः ओरालो यात्रालाई निरन्तरता दिएमा २६४५ देखि २६९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर भएको छ। नेप्से घट्दो क्रममा रहेको बेला भोल्यूम पनि घट्नु राम्रो मानिन्छ। दैनिक र साप्ताहिक रुपमा पनि देखिएको औषतभन्दा कम भोल्यूमले अहिले लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न नहतारिएको संकेत गर्दछ।

बियरिश क्रशओभर

गत साताको दोस्रो कारोबार दिन नेप्सेले बियरिश क्रशओभर बनाएको थियो। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको थियो। बियरिश क्रशओभर बजार घट्ने संकेत हो। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।