युनियन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

Apr 05, 2026 12:11 PM Merolagani



युनियन हाइड्रोपावर लिमिटेड (UNHPL) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा डाकेको छ।

कम्पनीले २०८३ बैशाख ६ गते, आइतबार, सिद्धार्थ कटेज, ललितपुर ३, घोबिघाटमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सो सभाले हकप्रद शेयर निष्काशनका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन तथा उद्देश्य थप गर्ने, अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।