नेप्सेसँगै घट्यो कारोबार रकम

Apr 07, 2026 03:12 PM Merolagani



मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८३ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.०८ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८८ प्रतिशत घटेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।