सालको अन्तिम दिन नेप्से सूचक घटेर बन्द भयो

Apr 13, 2026 03:25 PM Merolagani



२०८२ सालको अन्तिम कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको हाे । पछिल्ला कारोबार दिनमा सुस्त भएको बजारले निरन्तरता दिदै २०८२ सालको अन्तिम कारोबार दिन सामान्य अंकले नकारात्मक भएर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ४.१८ अंक घटेर २८३३.६० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ र सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मेन्छियाम हाईड्रोपावर कम्पनीको शेयरमूल्य ९.०१ प्रतिशत बढेको छ । सोमबारको बजारमा कारोबारमा आएको युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९३ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर डेभलपमेन्टको ४९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा टुरिजम उपसमूहको परिसूचक १.०२ प्रतिशत बढेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन म्यूचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.६२ प्रतिशतभन्दा बढी घटेको छ। व्यपार, जीवन बीमा, वित्त, विकास बैंक र बैकिङ उपसमूहको परिसूचक सामान्य घटेको हो ।

 




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।