यस दिन नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले २०८३ बैशाख २७ गते, आइतबार, कालीमाटी ब्यैङ्केट, कालीमाटी, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रुपमा विकास गर्न कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर जारी गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।