चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशत घटेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५५ पैसा घटेर ८ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ८२.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित छ। पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटीबाट ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
