अमेरिका र इरानबीच शान्ति सम्झौता भए ट्रम्पले पाकिस्तान भ्रमण गर्ने

Apr 17, 2026 11:10 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्नेबारे विचार गर्ने बताएका छन्। यदि इस्लामाबादमा सम्झौता हस्ताक्षर भयो भने आफू त्यहाँ जानसक्ने उनको भनाइ छ ।

सायद सप्ताहन्तमा आफू जानसक्ने उनले बताए । इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो देखिएको बताए। ट्रम्पले इरानसँगको वर्तमान दुई हप्ताको युद्धविराम, जुन अर्को हप्ता समाप्त हुँदैछ, त्यसलाई लम्ब्याउन आवश्यक नपर्ने पनि बताए । यसैबीच, ट्रम्पले इरानको युरेनियम संवर्धन स्थगित गर्न अमेरिकाले राखेको भनिएको २० वर्षको समयसीमालाई खारेज गरिदिएका छन्।

अमेरिकी राष्ट्रपतिले तेहरान हामीले बी–टु बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनमुनि रहेको आणविक धुलो फिर्ता दिन सहमत भएको दाबी पनि गरे । उनले इरानको संवर्धित युरेनियमलाई संकेत गर्दै सो कुरा बताएका हुन् । यद्यपि वार्ता असफल भएमा फेरि बमबारी शुरु गर्ने धम्कीलाई ट्रम्पले दोहोर्याए।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।