पूँजी बजार जुवा नै हो त?

Apr 17, 2026 12:50 PM Merolagani



पर्शुराम कुँवर क्षेत्री

कुनै पनि देशको आर्थिक विकासका साथै रोजगारी वृद्धिका लागि उधोग, व्यापार-व्यवसायको विकास हुन जरुरी छ । सबै जनाले व्यापार व्यवसाय गर्न न उनीहरुसँग सीप, अनुभव हुन्छ न  त उनीहरुको यसमा कुनै चाख हुन्छ। 

व्यवसायको विकासका लागि पूँजीको आवश्यकता पर्दछ। जोसँग पूँजी छ उसलाई व्यापार व्यवसाय गर्न कुनै चाख नहुन सक्छ। जोसँग व्यापार व्यवसाय गर्न सीप र चाख छ उसँग पूँजी नहुन सक्छ।पूँजी बजारले पूँजी हुने र नहुनेका बीचमा पुलको काम गर्दछ। बैक तथा वित्तीय स‌ंस्थाहरुले कर्जा दिन सक्छन् तर स्वपूँजी दिदैनन् तर पूँजी बजारले स्वपूँजी र कर्जा दुबै दिन्छन्। सर्वसाधारण जनताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने निक्षेपको राम्रो विकल्प हुन सक्छ पूँजी बजार।
 
लगानीकर्ताहरुले लगानी गर्दा मुख्य रुपमा ३ वटा कुराहरुको ध्यान दिन्छन्- लगानीको सुरक्षा, प्रतिफल र तरलता (liquidity) । पूँजी बजारले तरलताको राम्रो काम गर्दछ। भनेको वेलामा आफूले गरेको लगानी सजिलै बेचेर पैसाको जोहो गर्न सकिन्छ। आफूले गरेको लगानीलाई सजिलै नगदमा परिवर्तन गर्न सकिदैन (liquidity) भने त्यस्तो लगानी आकर्षक नहुन सक्छ। यसो भनिरहँदा पूँजी बजारमा बजारको जोखिम अन्तर्निहित हुने हुँदा लगानीको सुरक्षा र प्रतिफलको बारेमा राम्रो जानकारी राख्न अत्यावश्यक हुन्छ।

 
हाम्रो पूँजी बजारमा केही संरचनात्मक कमजोरीहरु भने छन् । ती कमजोरीहरुका बारेमा हाम्रा नीति निर्माताहरु / बजार संचालक जानकार छन् । त्यसकाे संवोधनका लागि यथोचित नीति तथा योजनाहरु तर्जुमा भइसकेका छन् र तिनीहरु कार्यान्वयनको तहमा छन्। अति नै सामान्यीकरण गर्दै पूँजी बजारलाई तथानाम गाली-गलौज, आलोचना गर्नुको सट्टा बजार सुधारका लागि उपयुक्त सुझाव दिनु र नीति र योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न उपयुक्त दबाव सृजना गर्न उपयुक्त हुन्छ।
 
(पूर्वब‍ैंकर कुँवर क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे स्टयाटसमा आधारित)



सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।