सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेर आफूले जिम्मेवारी निर्वाह गर्ने बताए । उनले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताए ।
सभापति अन्सारीले भने– ‘संसदीय समितिको जुन टीओआर छ, त्यसमा आधारित भएर काम गर्ने हो । अब समितिले जनताको आवाजहरुलाई सुन्नेछ । यो समिति प्रतिवेदनमा सिमित रहने छैन । विधेयक अध्ययन गर्ने र सुझाव दिने मात्रै काम समितिले गर्ने छैन । जनताको जीवनमा परेका समस्याहरु समाधान गर्ने संयन्त्रका रुपमा यो समितिले आफूलाई प्रश्तुत गर्नेछ । हिजोका दिनमा समितिहरु कसरी चले र प्रभावकारीता के रह्यो भन्नेबारे यथावत् र्नै छ, आज हामी आउँदै गर्दा समाधन गर्ने संयन्त्रका रुपमा अघि बढाउनेछौँ ।’
उनले समितिलाई समस्या समाधानको महत्वपूर्ण संयन्त्रका रुपमा विकास गरिने समेत बताए ।