बैंकिङ प्रणालीबाट आज फेरी ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

Apr 29, 2026 11:03 AM Merolagani



बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ४९ दिने निक्षेप संकलन उपकरणको आउँदो असार ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।