एनआईसी एशियालाई हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

May 04, 2026 10:47 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

राष्ट्र बैंकले बैशाख १७ गते हकप्रद शेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो। हकप्रद शेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।