नेप्से घट्यो, कारोबार रकम भने सामान्य बढ्यो

May 21, 2026 03:08 PM Merolagani



बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। बुधबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ४४ हजार ७४४ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँबराबरको ८९ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा कम रहेको छ। मूल्य बढेका १० शीर्ष कम्पनीहरुमध्ये ६ वटा ऋणपत्र रहेका छन्। यस दिन बुंगल हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १४.९५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन स्थिर रहेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६८.३३ अंक घटेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।