स्वाभिमान लघुवित्तले गर्यो लाभांश संशोधन, अब लाभांश वितरण नगर्ने

May 25, 2026 10:12 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले अब शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो।

वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको लघुवित्तले बताएको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।