इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी

Jun 10, 2026 10:32 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाको एक हेलिकप्टर खसालेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले मङ्गलवार यस्तो दाबी गरे । उनले लेखेका छन्, ‘स्ट्रेट अफ हर्मुजमा गस्ती गरिरहेको हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टरलाई गएराति इरानीहरूले खसालेको जानकारी मलाई प्राप्त भएको छ ।’

ट्रम्पकाअनुसार हेलिकप्टरमा सवार दुई पाइलटको उद्धार गरिएको छ र उनीहरू पूर्ण रूपमा सुरक्षित छन् । ‘यसो भएपनि, संयुक्त राज्य अमेरिकाले यस आक्रमणको आवश्यक जवाफ दिनैपर्छ’ उनले भने ।

यद्यपि, अमेरिकी सैन्य बलको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने यस घटनाबारे ट्रम्पको दाबीभन्दा केही फरक विवरण सार्वजनिक गरेको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत ओमानको तटीय क्षेत्रमा दुर्घटनामा परेको उक्त विमानका दुई चालक दलका सदस्यहरूलाई दुई घण्टाभित्रै उद्धार गरिएको जनाएको छ । सेन्टकमले भनेको छ, ‘विमान खस्नुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ ।’

इजरायल र इरानबीच जारी प्रतिशोधपूर्ण आक्रमण र पछिल्लो पटक इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलाका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा रहेका बेला यो घटना सार्वजनिक भएको हो । सेन्टकमले इरानी संलग्नताबारे अहिलेसम्म औपचारिक पुष्टि गरिसकेको छैन ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।