गणेश नेपालीको घटनामा सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन

Jul 22, 2026 04:31 PM Merolagani



सरकारले गणेश नेपालीको आत्मदाह घटनामा सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको हो । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।