कामना सेवा विकास बैंकद्वारा लाभांश घाेषणा

Aug 07, 2026 05:47 PM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो । सञ्चालक समितिको शुक्रबार दिउँसो बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हाे ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।