नेप्से बढ्ने क्रम जारी, कारोबार रकम पनि सामान्य बढ्यो

Sep 02, 2026 03:10 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ३९ हजार ६७३ पटकको कारोबारमा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको ७२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको हो।