प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

Oct 08, 2026 06:21 AM Merolagani



रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषका विभिन्न खातामा आज राति ८स्०० बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।