सुन र चाँदी दुवैको मूल्य घट्यो

Oct 12, 2026 11:03 AM Merolagani



असाेज २६ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।