बारा र पर्साको आँधीः २ हजार भन्दा धेरै बिजुलीको पोल ध्वस्त

Apr 01, 2019 Merolagani



आइतबार साँझको आँधीले बारा र पर्सा जिल्लाका २ हजार भन्दा धेरै बिजुलीको पोल ध्वस्त बनाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बारा र पर्साको आँधीले विद्युत सेवामा पुर्याएको क्षतिबारे सोमबार एक विज्ञप्ति जारि गर्दै प्राधिकरणले विपत्ति प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो बिद्युत सेवा सुचारु गराउन प्रयास थालेको बताएको छ ।

हावाहुरीका कारण कयौं ट्रान्सफर्मरमाहरुमा समेत क्षति पुगेको प्राधिरणको विज्ञप्तिमा उल्लेख छ । आँधीका कारण करिब १५ करोड रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको पूर्वानुमान् प्राधिकरणले गरेको छ ।