वाणिज्य बैंकहरुको फागुन महिनाका लागि ब्याजदर कति?

Feb 12, 2025 09:15 AM Merolagani



वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ। २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।

फागुन महिनाका लागि २ बैंकहरुले भने ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका हुन्।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।