ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

Mar 25, 2025 09:23 AM Merolagani



चैत १२ गते, मंगलबार, ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।