स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार?

May 04, 2025 10:47 AM Merolagani



बैशाख २१ गते, आइतबार स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर ओएमपीएल टिकरमा कारोबार भएको हो।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।