नेको इन्स्योरेन्सको संस्थापक समूहको अवितरित हकप्रद शेयर बाँडफाँट

May 21, 2025 09:19 AM Merolagani



नेको इन्स्योरेन्स (NIL) ले संस्थापक समूहको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ। इन्स्योरेन्सले बैशाख १२ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको शेयर बाँडफाँट गरेको हो।

इन्स्योरेन्सले ४ बराबर १ अनुपातमा निष्काशन गरेको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयरमा आवेदन नपरेको शेयर संस्थापक समूहको शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको थियो। इन्स्योरेन्सले संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता अवितरित हकप्रद शेयर जेठ ६ गते बाँडफाँट गरेको हो।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी जेठ ७ गते, बुधबारदेखि आवेदकले फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिनेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।