गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Jun 15, 2025 06:46 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.५५ प्रतिशत अर्थात १४.४२ अंक बढेर २६५५.३८ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

 

टेवा क्षेत्रबाट उक्लियो

गत साता नेप्से परिसूचक टेवा क्षेत्रबाट उक्लिएको छ। हाल नेप्सेको टेवा क्षेत्र २५८० देखि २६३० सम्म रहेको छ। गत साताको दोस्रो कारोबार दिन नेप्से सो क्षेत्रबाट उक्लिएको थियो। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २७५० देखि २८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा गत साता नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा बजार रिभर्स हुने संकेत गर्दछ। अर्थात आगामी दिनमा नेप्से परिसूचक बढ्ने संकेत गर्दछ। यद्यपि साताको अन्तिम दुई कारोबार दिन नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले ती दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १० अर्ब ८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ४६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १९.१४ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरिएको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले बजार घट्ने संकेत गर्नेछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेपनि उचाई भने घटदो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।