भोलिदेखि सुनमा २ प्रतिशत विलासिता कर लागु हुँदै, ह्वात्तै बढ्ने भयो उपभोक्ता मूल्य ?

Jul 16, 2025 01:46 PM merolagani



भोलि आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन अर्थात साउन १ गते । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेट र मौद्रिक नीति कार्यान्वयन सुरु हुने दिन पनि हो ।

भोलि बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ ।

यसअघि सुन व्यवसायी र सरकारबीच ६ बुँदे सहमति गरिएको भएपनि सुनमा लगाइएको विलासिता कर अन्ततः कार्यान्वनयमा जाने देखिएको हो ।

बिहीबारदेखि विलासिता कर जोडिएर आउँदा सुनको उपभोक्ता मूल्य समेत ह्रवात्तै बढ्ने व्यवसायीहरु बताउँछन् । विलासिता कर लाग्ने भएपछि आन्तरिक राजश्व विभागले बिलको ढाँचा समेत बनाइसकेको छ ।

 

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।