प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Jul 17, 2025 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

C7# अघिल्लो कारोबार दिन अर्थात बुधबार ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंक बढेर २७९७.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५८ स्टकको ८२ पटककाे काराेबारमा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँ ३० पैसाबराबरको २२ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 



लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।