उनको एउटा हातमा घाउ र डाम देखिने तस्बिरहरू सार्वजनिक भएपछि सञ्चारमाध्यममा ट्रम्पको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान गरिएको थियो।
त्यसबारेमा स्पष्ट पार्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बारम्बार हात मिलाएका कारण तन्तुहरूमा क्षति पुगेकोले तथा एस्पिरिन सेवन गरेका कारणले ट्रम्पमा त्यस्तो समस्या देखिएको बताएकी छन् ।
लेभिटले यो रोग ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा हुने गरेको बताउँदै ट्रम्पको खुट्टाको परीक्षण नसामा रगत जम्ने वा धमनीसम्बन्धी कुनै गम्भीर रोगको प्रमाण नदेखिएको जानकारी दिएकी छन्।
ट्रम्प अहिले ७९ वर्षका भए। उनले आफ्नो स्वास्थ्य निकै राम्रो भएको दाबी गर्दै आएका छन्।
चिकित्सकहरुका अनुसार क्रोनिक भेनस इन्सफिसिएन्सी एउटा यस्तो रोग हो जसमा खुट्टाका नसाहरू (veins) ले रगतलाई मुटुसम्म राम्ररी फर्काउन सक्दैनन् । यसको मुख्य कारण नसा भित्रका भल्भहरू कमजोर वा बिग्रनु हो, जसले गर्दा रगत खुट्टामै जम्मा हुन्छ र सुन्निने, दुख्ने वा भारी महसुस हुने जस्ता लक्षणहरू देखिन्छन्।
