होन्डा कम्पनीले साइन इलेक्ट्रिक माेटरसाइकल उत्पादन गर्दै, केही महिनापछि बजारमा ल्याउने

Jul 19, 2025 11:23 AM merolagani



नेपालमा सर्वाधिक रुचाइएको होन्डा कम्पनीको साइन मोटरसाइकल अव विद्युत्तीयमा आउने भएको छ ।

होन्डा कम्पनीका अनुसार, इलेक्ट्रिक साइन मोटरसाइकल एक भारतमा उत्पादन भइरहेको हो । होन्डाको साइन बाइक भारतमा मात्र होइन्। नेपालमा पनि उत्तिकै रुचाइन्छ ।

बदलिँदो अटोमोबाइल क्षेत्रलाई मध्यनजर गर्दै होन्डाले साइनलाई होन्डाको पहिलो भारतमा उत्पादन हुने इलेक्ट्रीक मोटरसाइकलको रुपमा ल्याउन लागेको हो ।

होन्डाले भारतमा पहिलो इलेक्ट्रीक मोटरसाइकलका लागि पेटेन्ट दर्ता गरिसकेको छ । सार्वजनिक भएको तस्वीरका अनुसार पेटेन्ट इमेजमा देखिए अनुसार साइन ईभीमा दुई वटा स्वापेवल ब्याट्री अप्सन र एउटा कम्प्याक्ट इलेक्ट्रीक मोटर जडान गरेको छ । इन्धन ट्याङ्क भएको ठाउँमा दुई ब्याट्री र ब्याट्रीभन्दा मुनि इन्जिन भएको भागमा कम्प्याक्ट इलेक्ट्रीक मोटर सेटअप दिइएको देखिन्छ ।

आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलमा सस्तो बनाउनको लागि होन्डाले रेगुलर साइनमै प्रयोग गरिएको चेसिस फ्रेम प्रयोग गर्नेछ । अन्य केही कम्पोनेन्टलाई परिमार्जन गर्दै ग्राफिक्ससँगै डिजाइनमा परिवर्तन गर्ने देखिन्छ ।

इलेक्ट्रीक माेटरसाइकल उत्पादन गरिसकेर केही महिनापछि मात्र नेपाली बजारमा लन्च गरिने कम्पनीले जनाएकाे छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।