अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै राप्ती हाइड्रो

Jul 21, 2025 09:24 AM Merolagani



राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको लकइनमा नरहेको ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता गरी कुल ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बुटवल, बाग्लुङ्ग, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।