ब्रम्ह ज्योति होल्डिङ्सको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

Apr 06, 2026 09:01 AM Merolagani



ब्रम्ह ज्योति होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो नियुक्ति सम्बन्धी सम्झौता चैत २२ गते आइतबार सम्पन्न भयो। सम्झौतामा ब्रम्ह ज्योति होल्डिङ्स लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक राम प्रसाद पाण्डे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका थिए।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत हुन आउने १४ लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो । कम्पनीले बाग्लुङ्ग र गुल्मी जिल्लामा जलविद्युत परियोजनाहरु निर्माणका साथै देशका विभिन्न क्षेत्रमा कृषि तथा होटेल र रिसोर्ट सञ्चालनमा ल्याएको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।